वीरगञ्ज महानगरले तीन उद्योगमा थुपारिदियो फोहोर

लोकपथ
168
Shares

काठमाडौं । वीरगञ्ज महानरपालीकाले तीन उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ ।

नगर प्रहरीसहितको टोलीले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगहरुलाई कारबाहीस्वरुप उद्योगको मुख्य द्वारमा फोहोर थुपारिदिएको हो ।

महानगरले यस अघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आइरहेको थियो ।

महानगरले गत वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५  दिनभित्रै फोहोरमैला  व्यवस्थित नगरे कारबाहि  गर्ने चेतावती समेत दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?