बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो, यस्तो छ घाइतेको विवरण (नामावलीसहित)

लोकपथ
2k
Shares

काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा बसमा सवार ३३ वर्षीया आरती विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले लोकपथलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते आरतीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र उनी सोही विद्यालयमा कार्यरत सहयोगी हुन् । त्यस्तै दुर्घटनामा उनका छोरा अन्दाजी ५ वर्षका प्रिन्स विक रहेका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार बिहान पोखरा महानगर–२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको बिरौटास्थित रहेको एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । घाइतेहरुको गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु:

१ जिल्ला कास्की पोखरा मनपा२१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ५ को रोशन बराल, अवस्था मध्यम ।
३ ऐ.ऐ. रामदी बस्ने वर्ष १४ को दिप्सन कार्की, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ६ को योना गुरुङ, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १३ की डिना गुरुङ, अवस्था सामान्य ।
६ ऐ.ऐ. बस्ने वर्ष १५ की प्रकृती कार्की, अवस्था मध्यम ।
७ ऐ.ऐ. एकहाते बस्ने वर्ष ६ को प्रिन्स राना, अवस्था सामान्य ।
८ ऐ.ऐ. रामदी बस्ने वर्ष ७ की चिजा बिक, अवस्था सामान्य ।
९ ऐ.ऐ. बस्ने वर्ष ९ को प्रवेश कार्की, अवस्था मध्यम ।
१० ऐ.ऐ. बस्ने वर्ष १२ की विसिका पौडेल, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ११ को विश्वास पौडेल, अवस्था सामान्य ।
१२ ऐ.ऐ. बस्ने अं। वर्ष ४र५ को प्रिन्स बिक., अवस्था सिरियस । (चिकित्सकद्वारा मृत घोषणा)
१३ ऐ.ऐ. एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक, अवस्था मध्यम ।
१४ ऐ.ऐ. रामदी बस्ने वर्ष ११ को विवश खत्री, अवस्था मध्यम ।
१५ ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि।क।, ९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा २१ बस्ने वर्ष ८ की अनन्या पौडेल, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ३ की सिमन मगर, अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने वर्ष ३ को न्युजन मगर, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ७ को रिजन मगर, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १२ को रामकृष्ण नेपाली, अवस्था मध्यम ।
६ ऐ.ऐ. बस्ने वर्ष २ को अंकित खत्री, अवस्था मध्यम ।
७ ऐ.ऐ. बस्ने वर्ष १४ की सितादेवी बिक, अवस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८ ऐ.ऐ. बस्ने वर्ष ७ को अस्मित बिक, अवस्था मध्यम ।
९ ऐ.ऐ. बस्ने वर्ष ३० की सुमित्रा सुनार, अवस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अभिभावक) ।
१० ऐ.ऐ. बस्ने वर्ष २ को निर्दोष सुनार, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ३० की सपना आले, अवस्था मध्यम, (शिक्षक) ।
१२ ऐ.ऐ. बस्ने वर्ष ११ को निश्चल सुनार, अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा १७ बिरौटा बस्ने वर्ष ५५ को टेक बहादुर भुजेल, अवस्था मध्यम, (बस चालक) ।

२ ऐ.ऐ. २१ रामदी बस्ने वर्ष ८ को निशान सुनार, अवस्था सामान्य ।

३ ऐ.ऐ. बस्ने वर्ष ५ को सागर थापा, अवस्था मध्यम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?