काठमाडौं । आफुलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडालाई आफ्नै घर धुम्बाराहिस्थित मण्डिखाटारबाट पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको बताएका छन् ।
उनले आयोजना गरेको यज्ञ राम्रा उदेश्यका लागी नभएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृतमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया