काठमाडौं । अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी रहेका छन् ।
सामाजिक सञ्जालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई शुक्रबार काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
भण्डारीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया