काठमाडौं । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्ति रहेका छन् ।
रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया