काठमाडौं । हरितालिका तीज २०८१ लाई लक्षित गर्दै सार्वजनिक भएका तीजका विकृतिजन्य गीतहरुप्रति राष्ट्रिय लोक संचारकर्मी नेपालले प्रतिबन्ध लगाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै संचारकर्मी नेपालले विभिन्न ५ गीतहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
तीजको अवसरमा मौलिक गीतहरु सार्वजनिक हुनुपर्नेमा तीजको मौलिक परम्परा माथि प्रहार हुने खालका गीतहरु सार्वजनिक भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।
यसले धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रलाई ठुलो क्षति पुग्ने प्रष्ट देखिएको र यसलाई मध्यनजर गर्दै मौलिक गीतहरुलाई प्रोत्साहन गर्न र विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नको लागि त्यस्ता गीतहरुमा प्रतिबन्ध लगाएको हो ।
राष्ट्रिय लोक संचारकर्मी नेपालले कबिता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’ , प्रिति आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’ ,शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ र प्रिति आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’ गीतहरुमा प्रतिबन्ध लगाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया