कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन दिए निवेदन

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनका लागि निवेदन दिएका छन् ।

आफूमाथि लागेको आरोपको विषयमा संसदीय सुनुवाइ समितिमा निरन्तर आवाज उठेपछि उनले नाम फिर्ता लिनका लागि आग्रह गर्दै निवेदन दिएका हुन् ।

उनीमाथि यौन दुर्व्यवहारको आरोप रहेको र जिल्ला अदालत काठमाडौंमा मिलापत्र समेत गरेका छन् । तर यौन दुर्व्यवहार जस्तो गम्भीर विषयमा मुछिएको भन्दै संसदीय समितिमा निन्तर प्रश्न उठेको थियो ।

उनले आफूमाथि संसदीय सुनुवाइ समितिले गर्ने निर्णयमा पूर्ण विश्वास रहेको बताउँदै आफू इच्छा हुँदाहुँदै पनि कुनै सो पदमा बस्न नचाहेको व्यहोरा खुलाएका छन् ।

‘नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रकृयाको सम्बन्धमा मेरा उच्च विश्वास व्यक्त गर्दछु । मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकाले भविष्यमा आउने राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धतासहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकाले सम्मानित समिति समक्ष जानकारीका लागि अनुरोध गर्दै सो अनुसुार व्यवस्था हुन सविनय अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

उनको नाम अनुमोदनका लागि आज साँझ ५ बजेका लागि समितिको बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक व्यवस्तताको कारण देखाउँदै साँझलाई सारिएको हो । उनको नामका विषयमा समितिमा निरन्तर आवाज उठिरहेको छ । आफ्नो नाम समितिबाट अस्वीकृत हुने भएसँगै उनले निवेदन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?