रास्वपाका सांसद वाग्लेको अभिव्यक्ति देशविरोधी छ : सांसद पन्त

लोकपथ
630
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देशविरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत रहेको बताए ।

उनले भने, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद र खेदजनक छ । यस्तो कुराका आलोचना गर्नुपर्छ । रास्वपाका सांसद स्वर्णिमजी के भन्नु हुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरुसँग भारत जादाँ भेट भएको थियो । विभिन्न कुरा भएको थियो ? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ । उहाँको भनाई नेपालले दिदैँ आएको परराष्ट्र नीति, असंग्लन परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरीत छ । स्पष्ट रुपमा यसले देशविरोधी सार तत्वलाई बोकेको छ । यसले नेपालमा नेपालका देशभक्तहरुको अपमान गरेको छ ।’

यस्तै, सांसद वाग्लेको अभिव्यक्तिमाथि नेपालको संसदले अध्यन गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘यसमाथि नेपालको संसदले अध्यन गर्नुपर्छ । आफू सरहको एक सांसदबाट देशलाई अहित हुने कुरा, घुमाएर नेपाललाई भुटान बनाउने जबकी भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?