काठमाडौं । केही दिनदेखि निरन्तर उछाल आएको शेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।
निरन्तर उच्च अंकको वृद्धि भइरहेको शेयर बजारमा आज २० दशमलव ४६ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
त्यस्तै आज २ हजार ६ सय ६१ दशमलव ०९ अंकमा बजार अड्किएको छ ।
बजार दोहोरो अंकको गिरावट आएपनि कारोबार भने उच्च भएको छ । आज १९ अर्ब, ६० करोड, ९१ लाख, ७७ हजार १ सय ६ दशमलव २९ रुपैयाँ बराबरको कारोबार भएको हो । यो ३ वर्ष यताकै उच्च कारोबार हो ।
आज ४ करोड, ७७ लाख, ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएकामध्ये ७० कम्पनीको शेयर बढेको, १६८ कम्पनीको शेयर घटेको तथा ४ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
आज कारोबारमा आएकामध्ये नेपाल फाइनान्स लिमिटेड, मन्डाकिनी हाइड्रोपावर लिमिटेड, बाराही हाइड्रोपावर, जानकी फाइनान्स लगायतले सर्वाधिक नाफा गरेका छन् ।
त्यस्तै आरम्भ चौतारी लघुवित्त, बोटलर्श नेपाल बालाजु, शिद्धार्थ इक्विटी फण्ड, अभियान लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त लगायतले घाटा ब्यहोरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया