काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागी उपयुक्त रहेको भन्दै नेपालमा लगानीका लागी आग्रह गरेका छन् ।
जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपति पौडेलले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया