अल्पमतमा परेपछि संसद् छल्दै मुख्यमन्त्री सोडारी, दिउँसै मोबाइलको ‘फ्ल्यासलाइट’ बालेर सरकारको खोजी

लोकपथ
308
Shares

काठमाडौं । प्रतिपक्षी दलहरुले सुदूरपश्चिममा दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

आज प्रदेश सभा बैठक बोलाइए पनि मुख्यमन्त्री दीर्घ सोडारीसहित कुनै पनि मन्त्रीहरु प्रदेश सभामा उपस्थित रहेका थिएनन् । दिउँसो २ बजेका लागि बोलाइएको बैठक सरकार पक्षका कोही पनि उपस्थित नभएपछि स्थगित भएको थियो ।

त्यसपछि प्रदेश सभा हल बाहिर नेकपा एमाले, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी लगायतका दलहरुका सांसदहरुले मोबाइलमा ‘प्ल्यासलाइट’ बालेर सरकारको खोजी गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार संसद् छलेर मोजमस्तीमा लागेको आरोप लगाए ।

प्रदेशका सबै जसो जिल्लामा बाढीपहिरोको वितण्डाबाट हजारौँ नागरिक प्रभावित भएको तर सरकार सदन छलेर भागेको भन्दै सांकेतिक रुपमा सरकारको खोजी गरेको बताए ।

‘…यसक्रममा सदनमा हामीले सरकार भेटाएनौँ, यसकारण आज सांकेतिक रुपबाट खै सरकार भनेर दिउँसै टर्च बाल्ने, मोबाइलको लाइट बोलेर हामी कतै सरकार छकि भनेर खोज्नका लागि हामी यहाँ आएका छौँ,’ उनले भने ।

केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि प्रदेश सरकार अल्पमतमा परेको छ । गत असार २० गते सत्ता साझेदार दल नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री सोडारी संसद् छलेर भागिरहेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?