सर्वोच्च अदालतभित्रै पैसा लिएर एमालेको कोचिङ सेन्टर !

लोकपथ
6k
Shares

काठमाडौं । सर्वोच्च अदालतभित्रै पैसा लिएर कोचिङ सञ्चालन गर्न लागिएको भन्दै विरोध भएको छ । एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनले सर्वोच्च अदालतभित्रै कोचिङ सञ्चालन गर्न लागेको हो ।

एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले सर्वोच्च अदालतभित्रै पैसा लिएर लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको हो । साउन १५ गतेदेखि ५० जनालाई रकम लिएर कोचिङ क्लासमा राख्न लागिएको छ ।

सङ्गठनले केही दिन अगाडि मात्रै सूचना निकालेर नेपाल न्याय सेवाको उपसचिव पदका लागि सर्वोच्च अदालतको एनेक्स भवनमा तयारी कक्षा सञ्चालन गर्ने भन्दै सूचना निकालेको छ । तयारी कक्षाका लागि प्रतिव्यक्ति १३ हजार ५ सय रुपैयाँ लिने समेत सूचनामा उल्लेख छ ।

यसको नेतृत्व एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिका सचिव रेवती प्रसाद पराजुली र सहसचिव कृष्ण घिमिरेले गरेका छन् ।

हेर्नुहोस् सूचना


सर्वोच्च अदालत प्रशासनले के कति आधारमा आफ्नो भवन कोचिङ कक्षा सञ्चालनका लागि उपलब्ध गराउन लागेको हो खुलाएको छैन । यद्यपि सर्वोच्च प्रशासनले बिहान ६:३० बजेदेखि ८ः३० बजेसम्म कक्षा सञ्चालनका लागि अनुमति दिएको बताइएको छ ।

५० लाख खर्चिएर गरिएको थियो मर्मत
सर्वोच्च अदालत प्रशासनले करिब ५० लाख रुपैयाँ खर्च गरेर एनेक्स भवनको सभाहल मर्मत गरेको थियो । सोही सभाहलमा व्यापारिक प्रयोजनका लागि कोचिङ कक्षा सञ्चालन गर्न लागिएको भन्दै सर्वोच्च अदालत विभागीय कार्यसमितिमा रहेका अन्य संघ सङ्गठनले भने विरोध जनाएका छन् ।

माओवादीनिकट कर्मचारी सङ्गठनका हरि भट्टराईले व्यापारिक प्रयोजनका लागि कुनै दलनिकट सङ्गठनलाई प्रयोग गर्न दिनु गैरकानुनी रहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?