उपप्रधानमन्त्री सिंहद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन, काम छिटो सक्न निर्देशन

लोकपथ
63
Shares

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंदरबारस्थित नवनिर्मित संसद् भवनको अवलोकन गरेका छन् ।

मंगलबार बिहान मन्त्रालयका सचिवसहितको टोलीले संसद् भवनको अवलोकन गरेका हुन् ।

३ वर्षमा उक्त भवन निर्माण गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माणमा भएको ढिलासुस्ती भएको बताए ।

साथै उक्त भवनको निर्माणलाई तिव्रता दिनका लागि सरकारी तवरबाट के गर्न पर्ने हो तयार रहेको बताउँदै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि निर्देशन दिए ।

भवन निर्माणको सम्झौता ९ महिनामा सकिने भन्दै उनले त्यसको निर्माण सो अवधिभित्र सक्नेगरी कामको प्रवन्ध गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?