काठमाडौं । ताप्लेजुङ जिल्लाको कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढेको छ ।
गत आर्थिक वर्ष २०८०-८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केको चितुवाले किसानको गोठमा पालेको याक मारिदिएको थियो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत भनेको याक पालन नै रहेको छ ।
गत आर्थिक वर्ष २०८०-८१मा कञ्चनजङघा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले गरेको अध्यानअनुसार सन् २०१५ मा कञ्चनजङघा क्षेत्रमा २४ हिउँचितुवा पाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया