काठमाडौं । विदेशमा रहेका व्यक्तिको कोभिडले मृत्यु भएको र मृतकको उतराधिकारी बनाई मृतकको बैंक खातामा रहेको रकम लिने प्रलोभनमा पारी रकम ठगी गरेका आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिराहा साबिक ईटहर्वा गाविस–३ घर भएका २७ वर्षीय इम्तियाज अहमद रहेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सिराहा लहान नगरपालिका–३ बाट आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अहमदले पिडीतको नाममा रहेका बैंक खाताबाट ५६ लाख १० हजार ६ सय ९९ रूपैयाँ पठाउन लगाई ठगी गरेका थिए ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया