बागमती प्रदेशका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

लोकपथ
147
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा ६४ मत परेको थियो ।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ प्रदेश सभा सदस्यले उनको पक्षमा मतदान गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ मत आवश्यक्ता पर्दछ ।
आजको प्रदेश सभा बैठकमा १०३ प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो ।

नेपाल किसान मजदुर पार्टी विश्वासको मतको पक्ष वा विपक्षमा देखिएन अर्थात् तटस्थ बसेको थियो ।

यता विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् ।

गत साउन ८ गते प्रदेश लामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा आएको राजनीतिक समीकरण फेरबदलपछि यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परेपछि सरकार ढलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?