काठमाडौं । अविरल वर्षा र पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
मंगलबार बागलुङ नगरपालिका -१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेको छैन् ।
दब्ल्याङमा करिडोर माथिको ठुलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया