काठमाडौं । महोतरीको मनराशिसवा नगरपालिकाले सो नगरक्षेत्रमा रहेको सपेता (मसाला) को रुख काट्ने सम्बन्धमा सूचना जारी गरेको छ । मनराशिसवा नगरपालिकाको १२औँ नगर सभाको बैठकले नगरपालिका भित्र रहेका सपेताको रुख काट्ने निर्णय गरेको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको उल्लेख गरेको छ ।
सुचना प्रकाशन भएको मितिले ३ महिना भित्र सम्पूर्ण किसान जन समुदायले आ–आफ्नो सपेताको रुख काटी व्यवस्थापन गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।
अन्यथा म्याद समाप्त भएपश्चात नगरपालिका बाट खटिजाने नगर प्रहरी तथा कर्मचारीहरुद्धारा सपेताको रुख काटिने व्यवहोराको पनि जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया