१८ देशमा राजदूत सिफारिस, को-कहाँ ? (सूचीसहित)

लोकपथ
511
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रपरिषद्‍को बैठकले नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चीन, अस्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘मित्र राष्ट्रहरू चीन, अस्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले राजदूतमा सिफरिस गरेका व्यक्तिहरुको नाम :

१‍. डा.शंकरप्रसाद शर्मा – भारत
२. कान्ता रिजाल –अष्ट्रेलिया
३.नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४. प्रा. डा.कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५. धनप्रसाद पण्डित – इजरायल
६.रामकृष्ण भट्टराई – श्रीलंका
७. सनिल नेपाल – स्पेन
८. डा. शैल रुपाखेती – जर्मनी
९. लोकदर्शन रेग्मी – अमेरिका
१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२.जंगबहादुर चौहान – रुस
१३.रमेशचन्द्र पौडेल – कतार
१४.प्रा.डा.कृष्णप्रसाद ओली – चीन
१५.सुम्निमा तुलाधर – डेनमार्क
१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७. प्रकाशमणि पोखरेल – पोर्चुगल
१८. रीता धिताल – पाकिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?