नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देल

लोकपथ
329
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई तोकेका छन् ।

प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपतिले उनलाई आज कामु प्रधानसेनापति तोकेका हुन् ।

राष्ट्रपति नेपाली सेनाका परमाधिपति रहेका छन् ।

प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ ।

बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?