काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज बसेको निगमको बोर्ड बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २–२ का दरले घटेको हो ।
निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन ।
हाल पेट्रोलको मूल्य १७१ रहेकोमा मूल्य घटेर १७० मा आइपुगेको हो । नयाँ मूल्य सूची अनुसार डिजेल मट्टितेलको मूल्य १५५ रुपैयाँ ५० पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया