रामेछापमा बाढीले धान खेत बगायो

लोकपथ
1.4k
Shares

रामेछाप । रामेछापका विभिन्न खोलामा आएको बाढीले सयौँ रोपनी धान खेतमा क्षति पुर्‍याएको छ । मन्थली नगरपालिका–१ को रणजोर खोला, मन्थली–२ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले लगाएको धान खेतीमा क्षति पुर्‍याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । ।

खोलाले एकै व्यक्तिको १० रोपनीसम्म खेतमा क्षति पुर्‍याएको उनले जानकारी दिए । खोलाको बाढीले एक जनाको घर र एक जनाको मतान सहितको खेत बगाएको उनले बताए । खोलामा बाढी आउने क्रम जारी रहेकोले अझै थप क्षति हुने जोखिम रहेको उनले जानकारी दिए ।

यसैगरी जिल्ला सदरमुकाम मन्थली भएर बग्ने रणजोर खोलाले पनि धान लगाएको खेत कटान गर्नुका साथै पुरेर क्षति पुर्‍याएको छ । खोलामा आएको बाढीले कुलाहरू समेत बगाएको कारण बाँकी खेतमा रोपाइँ गर्न र पानी लगाउन समस्या परेको स्थानीय किसान तीर्थ सुवेदीले जानकारी दिए ।

गएराति पनि रातभरि पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?