प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट

लोकपथ
511
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण थाइल्यान्डबाट गर्ने भएका छन् । ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण चीनबाट गराउन चिनियाँ अधिकारीहरूले पनि पहल थालेका छन् । यद्यपि, प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारी भइरहेको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सेम्टेम्बरको पहिलो हप्ता थाइल्यान्ड भ्रमणमा जाने गरी तयारी भइरहेको हो ।

कांग्रेस–एमाले गठबन्धन बनेपछि प्रधानमन्त्री भएका ओलीको यो पहिलो विदेश भ्रमण हुनेछ । शिखर सम्मेलन सम्भवतः सेप्टेम्बर ४ मा सुरु हुनेछ । यद्यपि मिति तय भइसकेको छैन ।

बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सदस्य राष्ट्रका अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

यस्तै बिमस्टेक शिखर सम्मेलनपछि संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन सेप्टेम्बरको अन्त्यमा प्रधानमन्त्रीको न्यूयोर्क भ्रमणका लागि पनि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?