नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

लोकपथ
4.6k
Shares

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका पिमलटारमा सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ ।

नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलामा आएको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति पुर्‍याएको हो । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।

बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?