काठमाडौं । सरकारले रााष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी आदि लगाउँदा कुनै बाधा नपर्ने जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलबार एक सूचना जारी गर्दै अबदेखि राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउँदा सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो ।
रष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सरकारले याे निर्णय लिएको हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया