पेट दुखेर अस्पताल पुर्‍याइएको कैदी प्रहरीलाई धकेलेर फरार

लोकपथ
2.2k
Shares

काठमाडौं । कोशी अस्पतालबाट एक कैदी फरार भएका छन् । उपचारका लागि अस्पताल पुर्‍याएका कैदी बिहीबार फरार भएका हुन् । 

फरार हुनेमा विराटनगर महानगरपालिका -८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद रहेका छन् । उनी बलात्कार मुद्दाका प्रतिवादी हुन्।

जबरजस्ती करणी मुद्दाका अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९गते १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । 

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमललाई पेट दुख्ने समस्याका कारण मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएकोे थियो । 

प्रहरीका अनुसार बिहीबार बिहान शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर उनी फरार भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?