काठमाडौं । सहकारी पीडितहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरू मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया