काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिष शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार भई सामान्य अवस्थामा फर्किएकाले घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सकिने भएकापछि डिस्चार्ज गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।
आज अस्पतालले पत्रकार सम्मेलन गरेर शाक्यलाई डिस्चार्ज गर्ने र पत्रकारसँग कुराकानी गराउने तयारी गरेको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शाक्यलाई पत्रकारसँग बोल्न रोक लगाएपछि अस्पतालले पत्रकार सम्मेलनसमेत नगर्ने भएको छ ।
दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म शाक्यलाई बोल्न रोक लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया