प्रधानाध्यापक र लेखापालको किर्ते हस्ताक्षर गरी रकम निकाल्ने विद्यालय सहयोगी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रधानाध्यापक र लेखापाल दुबैको किर्ते हस्ताक्षर गरी बैंक खाताबाट रकम निकाल्ने कार्यालय सहयोगी पक्राउ परेका छन् ।

काँकडभिट्टा माध्यमिक विद्यालयको नेपाल बैंकको खाताबाट २० पटक किर्ते हस्ताक्षर गरी चार लाख १८ हजार निकालेको आरोपमा मेचीनगर नगरपालिका–६ निवासी मल्लिक पक्राउ परेका हुन् ।

उक्त बैंक खाताको चेकमा प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो ।

विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो ।

विद्यालयले बस किन्नका लागि बैंकमा रहेको रकम बुझ्न जादाँ मल्लिकले बैंकबाट अनधिकृत रूपमा रकम निकाल्ने गरेको खुल्न आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?