कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ ।

अहिले नतिजा प्रकाशन गर्नेबारे बोर्डको बैठक जारी रहेको छ । कुनै प्राविधिक समस्या नआएमा आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।

गत वैशाख १२ देखि २४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

त्यसैगरी ग्रेड वृद्धितर्फ १ लाख छ सय ५० विद्यार्थी सहभागी रहेका थिए ।

देशको ७७ वटै जिल्लामा ५२५ परीक्षा केन्द्र रहेको थियो भने जापानमा समेत एउटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो ।

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा १२ परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको हो ।

परीक्षाफल प्रकाशित भएपछि विभिन्न तरिकाबाट नतिजा हेर्न सकिन्छ । नेपाल टेलिकमका अनुसार आईभीआर, एसएमएस तथा वेबसाइटबाट समेत परीक्षाको नतिजा हेर्न सकिनेछ ।

यसरी हेर्न सकिन्छ नतिजा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?