कर्णालीमा कांग्रेसबाट ४ मन्त्री बन्दै, मुख्यमन्त्रीलाई बुझाइयो नाम

लोकपथ
217
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि हुने भएको छ ।

आज ४ जना मन्त्री बन्रेहरूले नाम मुख्यमन्त्री यमलाल कँडेल समक्ष पेस गरिएको नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर कार्कीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार आजै शपथको तयारी गरिएको छ ।

‘हामीले पार्टीभित्र आन्तरिक छलफलपछि सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम मुख्यमन्त्रीज्यू समक्ष पेस गरेका छौँ,’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले आजै मन्त्री नियुक्त गर्ने र शपथको कार्यक्रम हुनसक्छ ।’

उनका अनुसार जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य राजिवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा जान लागको हो । शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालय, सुरेश अधिकारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र विजया बुढालाई उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

अहिले कर्णालीमा एमाले नेतृत्वको सरकार रहेको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेल मुख्यमन्त्री रहेका छन् । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै सत्ता साझेदार दल माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा जान लागेको हो ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहण गरेपछि आजै मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले जोशीलाई शपथ गराएका थिए । त्यससँगै आजै विरेन्द्रनगर पुगेका जोशीलेका कार्यभार समेत सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?