झापाको दुर्गापुरमा प्रभु बैंकको ३१४औँ शाखा सञ्चालनमा

लोकपथ
140
Shares

काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४औँ शाखा सञ्चालनमा आएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा कनकाई नगरपालिकाका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल र कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाको उपस्थिति रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?