अदालतमा बयान फेर्ने २ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
1.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा चितवन, कालिका नगरपालिका–६ घर भइ हाल पोखरा महानगरपालिका–१० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेल रहेका छन् ।

अख्तियारले पोखरा महानगरपालिकाका सव–इन्जिनियर उषाकिरण रोकाया समेतका व्यक्तिहरु सेवाग्राहीसँग घुस मागेको भन्ने मुद्दामा साक्षीको रुपमा पेस गरेको थियो ।

उनीहरुले अख्तियारमा दिएको बयान र अदालतमा दिएको बयान फरक परेको अख्तियारले जनाएको छ । उनीहरुको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर रहेको ठहर गर्दै ३ लाख ५० हजार बिगो दाबी समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?