शपथ लिएको ९ दिनपछि लुम्बिनीका मन्त्रीहरुलाई जिम्मेवारी, कसलाई के ?

लोकपथ
84
Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिना विभागीय मन्त्रीहरूले जिम्मेवारी तोकेका छन् । शपथ लिएको ९ दिनपछि मन्त्रीहरुले जिम्मेवारी पाएका हुन् ।

गत साउन ९ गते नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ थरी ८ जना मन्त्री नियुक्त भएका थिए ।

शुक्रबार प्रदेश प्रमुख कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

जस अनुसार, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपाने र आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, र सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल,स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरीले जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री आचार्यले आफैँसँग राखेका छन् ।

कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?