पठाओ चढेकी किशोरीलाई होटेल पुर्‍याएर बलात्कार, तीन जनाविरुद्ध मुद्दा दायर

पहिले १८ वर्षकी भनिएकी किशोरीको जन्मदर्तामा भने १५ वर्ष मात्रै

काठमाडौंमा पठाओ मा चढेकी एक किशोरी बलात्कृत भएको पाइएको छ । काठमाडौँको कलङ्कीबाट पठाओमा बल्खुस्थित घर जान हिँडेकी एक किशोरीलाई थानकोट पुराएर बलात्कार गरिएको पाइएको हो । प्रहरीले किशोरीमाथि बलात्कार गर्ने धादिङ गजुरीका राजेन्द्रप्रसाद पाठक, बलात्कारको प्रयास गर्ने धादिङकै सुक्रराज चेपाङ र मतियारको भूमिका खेलेका अर्घाखाँचीका अनिल भुसालमाथि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

भएको के थियो ?

मिति : २०८१ असार २१ गते
समय : रातको करिब १०ः१५ बजे ।
स्थान : कलंकी, काठमाडौँ ।

काठमाडौँको बल्खुमा बस्ने समीक्षा गुरुङ (परिवर्तित नाम) असार २१ गते सोह्रखुट्टेस्थित साथीको पसलमा पुग्छिन् । दुबई बसेर फर्किएकी साथी नेहा गुरुङलाई भेट्न भनी समीक्षा असार २१ गते अपराह्न ३ बजे सोह्रखुट्टे पुगेकी थिइन् । त्यहाँ करिब ४ घण्टा बिताएपछि समीक्षा घर जाने भन्दै सोह्रखुट्टेबाट इनड्राइभ बाइक बुक गरेर घरतर्फ आइन् ।

घरतर्फ आउँदा कलंकीमा ठुलो पानी परिरहेको थियो । इनड्राइभ चालकसँग डबल रेनकोट नभएपछि समीक्षा त्यहीँ ओर्लिइन् । लामो समयसम्म पनि पानी नरोकिएपछि समीक्षा करिब सवा १० बजे घर जाने तरखरमा लागिन् । तर समीक्षासँग पैसा बाँकी थिएन । त्यसपछि कसैसँग लिफ्ट माग्ने सोचमा रोडमा आइपुगिन् ।

मेन रोडमा आउने बित्तिकै एक स्कुटर चालकले पठाओ चाहिएको हो भन्दै सोधे । समीक्षाले आफू बल्खु जान लागेको तर आफूसँग पैसा नभएकाले लिफ्ट दिन आग्रह गरिन् । त्यही समयमा स्कुटर चालकका अर्का साथी पनि त्यहीँ आइपुगे । स्कुटर चालकले आफूहरू पनि बल्खु नै जान लागेको भन्दै किशोरीलाई छाडिदिने बताए । किशोरीले विकल्प नदेखेपछि एउटै स्कुटरमा तीनजना चढेर बल्खु जान भनेर हिँडे ।

स्कुटर बल्खु नगएर थानकोटतर्फ मोडियो
तर कलंकीबाट बल्खु जान भनी हिँडेको तीन जना सवार स्कुटर बल्खुतर्फ नगई थानकोटतर्फ मोडियो । किशोरीले आफू जान लागेको ठाउँ बल्खु हो भन्दा त्यता ठुलो पानी परेकाले अहिले हाम्रो घरमा गएर बस्ने र पानी बसेपछि घर पुराइदिने भन्दै स्कुटर चालकले भने । किशोरी पनि चुपचाप दुई पुरुषसँगै थानकोटतर्फ गइन् ।

बागमती प्रदेश ०२-०२०प १८८६ नम्बरको स्कुटर कलङ्कीबाट चन्द्रागिरि नगरपालिका ७ घुमाउने भन्ने स्थानमा रहेको चन्द्रागिरि होलिडे रुफटफ रेष्टुरेन्ट एण्ड लजमा गएर रोकियो । लजको गेटमा गएर स्कुटर चालकले भाइ भन्दै लजका कर्मचारीलाई बोलाए । त्यसपछि तीनैजना लजमा छिरेर सरासर लजको कोठा नम्बर ६ मा गए ।

लजमा पुगेपछि स्कुटर चलाउने चालकले चुरोट मगाए । किशोरी पानीले भिजेको कारण उनी बेडमा गइन् । तर जब किशोरी बेडमा पुगिन्, स्कुटरको पछाडि बस्ने युवक पनि किशोरीसँगै बेडमा पुगेर उनीमाथि जबरजस्ती करणी गरे । किशोरीले प्रहरीमा दिएको जाहेरीमा ती पुरुषले हात समाती बेडमा लडाएर चिच्याउँदा पनि जबरजस्ती करणी गरेको उल्लेख छ ।

लजमा पुगेपछि स्कुटर चलाउने चालकले चुरोट मगाए । किशोरी पानीले भिजेको कारण उनी बेडमा गइन् । तर जब किशोरी बेडमा पुगिन्, स्कुटरको पछाडि बस्ने युवक पनि किशोरीसँगै बेडमा पुगेर उनीमाथि जबरजस्ती करणी गरे ।

स्कुटरको पछाडि बसेका युवकले करणी गरेपछि स्कुटर चलाउने युवक पनि किशोरीमाथि जबरजस्ती करणी गर्न बेडमै पुगिन् । तर किशोरीले त्यसको प्रतिकार गरिन् र स्कुटर चालकको गालामा थप्पड हानिन् । किशोरीको थप्पडपछि स्कुटर चालकले पनि किशोरीमाथि कुटपिट गरे । त्यसपछि किशोरी रुन थालिन् ।

कोठामा हल्ला भएको र किशोरीमाथि कुटपिट भएपछि होटेलका कर्मचारी कोठामा आइपुगे । त्यसपछि किशोरीमाथि बलात्कार गर्न ती कर्मचारीले पनि सहयोग गरेको किशोरीको जाहेरीमा उल्लेख छ ।

तर जब किशोरी रुन थालिन् र प्रहरी बोलाउँछु भनिन्, त्यसपछि स्कुटर चालक र बलात्कार गर्ने युवक त्यहाँबाट भागे ।

यहीबिचमा प्रहरी पनि त्यहीँ आइपुग्यो । बलात्कार भएको भन्ने ठाडो उजुरी आएपछि प्रहरीले तत्कालै होटेलका कर्मचारी अनिल भुसाल र ती किशोरीलाई त्यहाँबाट नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोट लिएर गयो ।

सोही रात स्वास्थ्य परीक्षण

किशोरीले बलात्कार भएको ठाडो उजुरी दिएसँगै प्रहरीले सोही दिन किशोरीको स्वास्थ्य परीक्षण गर्न प्रसूति गृहमा लिएर गयो । प्रसूति गृहको स्वास्थ्य परीक्षण प्रतिवेदनमा Old Hymen Tear भन्ने रिपोर्ट आयो ।

मिति : २०८१ असार २२ गते
प्रहरीले घटनाकै दिन अन्य दुई आरोपितको नाम थाहा पाइसकेको थियो । एक आरोपितको मोबाइल नम्बरसमेत उपलब्ध भएपनि मोबाइलको स्विच अफ भएको कारण सम्पर्क भएन । प्रहरी भोलिपल्टबाट नै थप दुई आरोपितको खोजीमा लाग्यो ।

मिति : २०८१ असार २४ गते
घटनाको तीन दिनपछि असार २४ गते नै पहिले स्कुटर चालक सुक्रराज चेपाङलाई पक्राउ ग¥यो । चेपाङकै सूचनाको आधारमा सोही दिन धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भई कलंकी बस्ने ३६ वर्षीय राजेन्द्र प्रसाद पाठकलाई समेत पक्राउ ग¥यो ।

अभियुक्तले स्वीकार गरे आफूविरुद्धको आरोप

आफू र साथी सुक्रराज चेपाङले मदिरा सेवन गरेको र किशोरी पनि मातेको अवस्थामा भेटिएको, सँगै रात बिताउन मन्जुर भएको र किशोरीले आफू बस्ने स्थान बलम्बु भनेको कारण उता लगेको पाठकले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

किशोरीले दिएको जाहेरीमा उल्लेख भए अनुसार नै बलात्कारको कसुरमा आरोपित राजेन्द्र प्रसाद पाठकले आफ्नो कसुर स्वीकार गरे । आफूले पाठकको बयानमा आफूले किशोरीसँग सहमति मै यौन सम्बन्ध राखेको र कुराकानीमा सँगै बस्न मञ्जुर गरेको कुरा स्वीकार गरे । उक्त रात आफूले एकपटक किशोरीसँग यौन सम्बन्ध राखेको स्वीकार गरे । आफू र साथी सुक्रराज चेपाङले मदिरा सेवन गरेको र किशोरी पनि मातेको अवस्थामा भेटिएको, सँगै रात बिताउन मन्जुर भएको र किशोरीले आफू बस्ने स्थान बलम्बु भनेको कारण उता लगेको पाठकले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । तर साथी सुक्रराज चेपाङले जबरजस्ती करणी नगरेको र आफूले करणी गरिसकेपछि करणी गर्ने हो भनी सोध्दासमेत करणी नगर्ने भनी बताएको पाठकको बयानमा उल्लेख छ ।

चेपाङले अस्वीकार गरे आफूमाथिको आरोप
यता स्कुटर चालक सुक्रराज चेपाङले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । चेपाङको बयानमा किशोरीले बलम्बु नै जाने भनेको, जाँदै गर्दा किशोरीले चुरोट खान मन लागेको भन्दै चुरोट खोजेको र चुरोट खोज्ने क्रममा नै थानकोटको लजमा पुगेका बयान दिएका छन् । साथै किशोरी र आरोपित राजेन्द्रप्रसाद पाठकबिच कुराकानी भई सँगै बस्न मन्जुर भएपछि उनीहरूलाई होटेलमा पुराइदिएको बताएका छन् । त्यससँगै होटेलको कोठामा समेत सँगै भएको र राजेन्द्रप्रसाद पाठकले करणी गर्दासमेत आफू त्यहीँ रहेको, पाठकले करणी गर्ने हो भन्दा पनि आफूले अस्वीकार गरेको र मोबाइल चलाउँदा भिडियो खिचेको हो कि भन्ने विषयमा विवाद भएको बताएका छन् । विवाद बढ्दा किशोरीले आफूमाथि आक्रमण गरेको र त्यसको जवाफमा आफूले पनि किशोरीलाई एक थप्पड हानेपछि विवाद झनै बढी किशोरीले प्रहरी बोलाउँछु भनेपछि आफू गएको बताएका छन् । साथै आफूले किशोरीमाथि कुनै जोर जबरजस्ती नगरेको चेपाङको बयानमा उल्लेख छ ।

होटेलको कर्मचारीले पनि अस्वीकार गरे आरोप
यता होटेलका कर्मचारी अनिल भुसालले पनि आफूमाथिको आरोप अस्वीकार गरेका छन् । होटेलको कोठामा हल्ला भएपछि आफू कोठामा पुगेको र किशोरी रोइरहेको देखेपछि आफूले नै प्रहरीलाई फोन गरेर किशोरीलाई सहयोग गरेको बयान दिएका छन् । आफूले आरोपितहरूलाई भगाउन सहयोग नगरेको बरु ढोका थुनेर प्रहरी बोलाउन खोज्दा आफूलाई धम्की दिई आरोपित त्यहाँबाट भागेको अनिलको बयानमा उल्लेख छ ।

बाझियो किशोरीको जाहेरी र ततिम्बा बयान
प्रहरी वृत्त थानकोटमा किशोरीले सुरुमा दिएको जाहेरीमा आफू कक्षा १२ को परीक्षा दिएर बसेको, आफ्नो घर बल्खुमा रहेको र १८ वर्ष पुगेको बयान दिएकी थिइन् । तर पछि आफ्नी भाउजूलाई समेत सँगै लिएर प्रहरी कार्यालयमा पुगी दिएको ततिम्बा बयानमा भने पहिले झुक्किएर १८ वर्ष भनेको तर आफ्नो उमेर १५ वर्ष १० महिना मात्रै भएको र आफ्नो घर अन्यत्रै रहेको बयान दिएकी छिन् ।

बलात्कारसम्बन्धी कानुनी व्यवस्था
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा बलात्कारसम्बन्धी कसुर र त्यस कसुरमा हुने सजायबारे उल्लेख छ । संहिताको दफा २१९ को उपदफा १ मा कसैले जबरजस्ती करणी गर्न नहुने कुरा उल्लेख छ भने उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भन्ने कानुनी व्यवस्था रहेको छ ।

संहिताको दफा २१९ को उपदफा १ मा कसैले जबरजस्ती करणी गर्न नहुने कुरा उल्लेख छ भने उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’

सोही दफालाई थप स्पष्ट पार्न गरिएको व्याख्यामा ‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी नमानिने, होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी नमानिने लगायतका विषय उल्लेख छन् ।

सोही दफाको उपदफा ३ मा जबरजस्ती करणी गरेमा हुने सजायबारे उल्लेख छ । उक्त उपदफाको खण्ड ग मा ‘चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म’ कैद सजाय हुने उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा जबरजस्ती करणी गरेमा हुने सजायबारे उल्लेख छ । उक्त उपदफाको खण्ड ग मा ‘चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म’ कैद सजाय हुने उल्लेख छ ।

पीडितको किशोरीको जन्मदर्ताको प्रमाणपत्रमा किशोरीको जन्ममिति २०६५ भदौ २१ गते उल्लेख छ, जसअनुसार वारदातको समयमा उनको उमेर १५ वर्ष १० महिना मात्रै रहेको छ । यस आधारमा अभियुक्तलाई १२ देखि १४ वर्षसम्मको सजाय हुन मागदाबी लिइएको छ ।

जबरजस्ती करणीको उद्योग गरेको आरोप लागेका सुक्रराज चेपाङ र बलात्कारको मतियार रहेका आरोप लागेका अनिल भुसाललाई राजेन्द्र प्रसाद पाठकलाई हुने सजायको आधा सजायको मागदाबी लिई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहायक जिल्ला महान्यायाधिवक्ता समीक्षा बन्जाडेले साउन १५ गते काठमाडौँ जिल्ला अदालतमा यो मुद्दा दायर गरेकी थिइन् । बुधवार हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार न्यायाधीश कृष्णप्रसाद शर्माको इजलासले अनिल भुसालसँग १ लाख ५० हजार धरौटी माग गरेको छ भने राजेन्द्रप्रसाद पाठक र सुक्रराज चेपाङलाई थुनामा पठाउने आदेश भएको छ । तीनमध्ये दुई प्रतिवादीलाई थुनामा पठाउने र एक प्रतिवादीसँग धरौटी माग गर्ने आदेश भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?