काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले राजीनामाको घोषणा गरेका छन् ।
आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सोडारीले मार्गप्रशस्तको घोषणा गरेका हुन् ।
उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । तर विश्वासको मत प्राप्त गर्न सक्ने नदेखिएपछि राजीनामाको घोषणा गरेका हुन् ।
केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि माओवादी एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै अल्पमतमा परेका सोडारीले यसअघिका प्रदेश सभा बैठक समेत छल्दै आइरहेका थिए । आज विश्वासको मत लिने तयारी गरे पनि आफ्नो पक्षमा मत प्राप्त नहुने भएसँगै प्रदेश सभाबाटै राजीनामाको घोषणा गरेका हुन् ।
त्यससँगै सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी नेतृत्वको सरकार ढलेको छ भने नयाँ कांग्रेस एमाले मिलेर नयाँ सरकार बनाउनेछन् ।
मुख्यमन्त्रीले राजीनामा घोषणा गरेसँगै प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया