सिनामंगलको झरना गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिए

घटना शंकास्पद

लोकपथ
602
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

सिनामंगलस्थित झरना गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

बाजुरा त्रिवेणी नगरपालिका–४ का ३२ वर्षका भरतबहादुर सार्की र सोही स्थानकी २१ वर्षकी करिष्‍मा सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार महिलाको शव भुइँमा लडिरहेको अवस्थामा फेला परेको र पुरुषको शव भने झुण्डिएको अवस्थामा फेला परेको हो । शुक्रबार दिउँसो उनीहरुले भित्रबाट ढोका नखोलेपछि गेष्टहाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

मध्यान्न १२ बजे खाना खान बोलाउँदा समेत उनीहरुले ढोका खुल्न सकेको थिएन । प्रहरीले आएर ढोका फुटाएर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । घटना शंकास्पद रहेको र आवश्यक अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?