काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेसका लागि आह्वान भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मका लागि आह्वान गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीले आज प्रदेशसभाबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख मिँयाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन् ।
केन्द्रमा आएको सत्ता फेरबदलका कारण नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले आज विश्वासको मत लिने तयारी गरेका थिए तर विश्वासको मत प्राप्त गर्न नसक्ने देखेपछि प्रदेश सभाबाट राजीनामाको घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया