एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी

लोकपथ
2.1k
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साधारण सभा बोलाएको छ ।

बुधबार बसेको एनआईसी एशिया लिमिटेडको १४३औँ बैठकको निर्णय अनुसार आगामी भदौ ११ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरिएको हो । सो दिन रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट कार्यक्रम सुरु हुने जनाइएको छ ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरुमाथि छलफल हुने बताइएको छ ।

एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ ।

त्यस्तै आठाैँ वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको कम्पनीको दाबी रहेको छ ।

साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु-याउन ‘अब लाईनमा होइन, क्यापिटलको सेवा ONLINE मा’ भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु ONLINE मार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?