काठमाडौं । उद्योग वाणिज्य संघ राजविराजले अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।
संघले आज एक कार्यक्रम आयोजना गरी गत असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जिबिएन मोबाइल एण्ड इलेक्ट्रिकल पसलमा भएको आगलागी पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक लाख एक हजार सङ्कलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो ।
आगलागीबाट राजन साहको पसल र घर जलेर क्षति भएको थियो । नगरप्रमुख देवनारायण साह, संघका महासचिव अमृत सञ्चेती, सल्लाहकार बैजु जोशी, सदस्य सन्तोष सिन्हा, सुरेन्द्रप्रसाद साह, वडाध्यक्ष वीरेन्द्र यादव र स्थानीयको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया