वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत सम्मानित

लोकपथ
126
Shares

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइत सम्मानित भएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिकाले २९औँ वार्षिकोत्सवको अवसरमा डा. रुइतलगायतलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको हो । सम्मानित भएका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । महानगरकी उपप्रमुख सुनिता डंगोलले भने चेक हस्तान्तरण गरेकी थिइन् ।

नेपालका वैश्विक ब्राण्डका रुपमा चिनिएका डा. रुइतले मोतियाविन्दुको उपचारका संसारकै सस्तो प्रविधि भित्र्याएका हुन् । तिलगंगा आँखा प्रतिष्ठान स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनी अहिले संसारभर पुगेर आँखा नदेख्ने बिरामीहरुको उपचार गरिररहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?