चितवन । चितवनको भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई ‘मर्निङ वाक’ मा गएका बेला बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको अस्पताल प्रशासनले दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको बताए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया