जुम्लामा शैक्षिक सुधारका निम्ति ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम

लोकपथ
42
Shares

जुम्ला । गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रम सञ्चालान गर्ने भएको हो ।

जीवनोपयोगी व्यावसायिक एवं प्राविधिक शिक्षालाई जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गरिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । उनले नैतिक शिक्षा पनि त्यसमा समावेश भएको बताए ।

अध्यक्ष बुढाले भने, ‘विपन्न, अशक्त तथा अनाथ विद्यार्थीलाई प्रोत्साहन तथा विद्यालयमा शैक्षिक सुधार गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिने छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई श्रमसँग जोड्न ‘पढ्दै कमाउँदै रमाउँदै परियोजना’ पालिकाको शङ्कर बहुउद्देश्यीय माध्यामिक विद्यालयमा लागू हुनेछ । ‘

विद्यार्थीको वास्तविक समस्या पहिचान गरी गाउँपालिकाले समाधान गर्ने कार्यक्रमको लक्ष्य छ । गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुगेर उनीहरूका समस्या बुझ्ने तथा आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गरिने उहाँले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?