काठमाडौं । एनआईएमबी एस क्यापिटलको १२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
एनआईएमबी एस क्यापिटलले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा गर्न सफल भएको हो ।
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, शेयर रजिष्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले आफूहरुले सफलतापूर्वक १२ वर्ष पूरा गर्न सफल हुनुमा ग्राहकहरुको ठूलो हात रहेको भन्दै धन्यवाद व्यक्त गरे ।
‘हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।’
त्यस्तै सो अवसरमा बोल्दै कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए । त्यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्य सचिव विमला कोइरालाले एनआईएमबी एस क्यापिटलले हासिल गरेको उपलब्धीलाई बधाई दिनुका साथै आगामी दिनको सफलताको लागि शुभकामना पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया