नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा

लोकपथ
315
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको बेश रेटमा अतिरिक्त १ प्रतिशत गरि कुल ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् । अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा ७ वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिनेछ । सहज र झन्झटरहित तरिकाले ३ कार्यदिन भित्रमा कारोबार रकमको ८० प्रतिशत सम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।

टाटाका विद्युतीय गाडीहरु नेपालमा सर्वाधिक बिक्री हुने गाडीहरुको अग्रपंक्तिमा रहेका छन् । आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि विद्युतीय गाडीको लोकप्रियता बढिरहेको छ । टाटा आफैँमा प्रतिष्ठित तथा विश्वसनीय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ ।

दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?