धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्रीबाट एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी प्रदेश सभा सदस्यहरु बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।
शाह कैलाली क्षेत्र नं. २ प्रदेश -१0 बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । २०२८ माघ १० गते अछामको तडिगैरा–४ हालको रामारोशनमा पिता मंगलबहादुर शाह र माता चन्द्रादेवी शाहको कोखबाट जन्मिएका शाहले टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट शैक्षिक यात्रा सुरु गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया