साउनको तेस्रो सोमबार, पशुपतिमा भक्तजनहरूको घुइँचो

लोकपथ
308
Shares
फाइल तस्बिर

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनहरूको भीड लागेको छ । 

साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजा अर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषरुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ । 

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?