लाभाँशमा एभरेस्ट नम्बर वान, लाभांश क्षमता कुन वाणिज्य बैंकको कति ?

एनआईसी एशिया, कुमारी, हिमालयन र एनआईएमबी लाभाँश दिन नसक्ने सूचीमा

लोकपथ
1k
Shares

काठमाडौं । लाभाँश क्षमताका आधारमा एभरेस्ट बैंक एक नम्बरमा उभिन सफल हुँदा एनआईसी एशिया, कुमारी, हिमालयन र एनआईएमबी भने लाभाँश दिन नसक्ने बैंकको सूचीमा परेका छन् ।

बैंक तथा वित्तीय संस्थाले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार एभरेस्टको लाभांश क्षमता पहिलो नम्बरमा छ । सो बैंकले २९.८६ प्रतिशत लाभाँश दिने भएको छ । लाभाँश क्षमताका आधारमा स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र कृषि विकास बैंक तेस्रो नम्बरमा छ ।

स्ट्यान्डर्ड चार्टर्डले २६.५० र कृषि विकास बैंकले १७।३७ प्रतिशत लाभाँश दिने भएको छ । कृषि विकास बैंकपछि बढी लाभाँश दिने बैंकको सूचीमा नबिल ९१४.२६०, नेपाल एसबीआई ९१०.७६०, सानिमा ९१०.४००, प्राइम ९६.१८०, लक्ष्मी सनराइज ९५.५५०, नेपाल बैंक ९५.२४०, प्रभु ९५.२००, सिटिजन्स ९४.३४०, माछापुच्छे ९४.०१०, राष्ट्रिय वाणिज्य ९३.७२०, ग्लोबल आईएमई ९३.०६०, सिद्धार्थ ९२.६०० र एनएमबी ९१.३०० दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?