राजश्व अनुसन्धान विभागद्वारा पोखराका ज्वेलर्सका सञ्चालकसहित पाँच जनाविरुद्ध मुद्दा दायर

लोकपथ
112
Shares

काठमाडौं । उच्च अदालत पोखरामा राजश्व अनुसन्धान विभागले पोखराको जय भैरव ज्वेलर्सका सञ्चालकसहित पाँचजना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

तस्करीको सुन बिक्री गरेको भन्दै विभागले ज्वेलर्सका सञ्चालक सुरजित भौमकसहित पाँचजना विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

भारतको पश्चिम बङ्गाल मेदिनीपुरका भौमकले सञ्चालन गर्दै आएको ज्वेलर्समा ८ करोड रुपैयाँभन्दा बढीको तस्करीको सुन बिक्री गरेको दाबीसहित विभागले साउन १३ गते मुद्दा दर्ता गरेको थियो ।

भौमकलाई २०८० फागुन १ गते ७ किलो सुनसहित जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको थियो । पक्राउ पश्चात राजश्वले अनुसन्धान गर्दा उनले तस्करीमार्फत नेपालभित्र भित्रेको सुन बिक्री गर्ने गरेको खुल्न आएको हो ।

विभागले भौमकलाई ७ करोड ९ लाख ५ हजार २ सय ७२ बिगो रकम जरिवानासहित एक वर्ष देखि तीन वर्षसम्म कैद सजाय माग गरेको छ । त्यस्तै सुरेन्द्र विश्वकर्मा रामदामलाई ७६ लाख १६ हजार ५ सय ५० बिगो रकम जरिवानासहित ६ महिना कैद सजाय, जनकलाल लोहनीलाई ८ लाख ८० हजार ८ रुपैयाँ बिगोरकम जरिवानासहित ६ महिना कैद सजाय, अर्जुन सुनुवारलाई १२ लाख ५५ हजार ६ सय ८५ बिगो रकम जरिवानसहित ६ महिना कैद सजाय र अर्जुन बहादुर कामीलाई ८ लाख ५९ हजार ४ सय २३ रुपैयाँ बिगो रकमसहित ६ महिना कैद सजाय माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?