सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो २ मन्त्रीको नाम, आजै शपथ

लोकपथ
252
Shares
फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

पार्टी संसदीय दलको बैठकले २ सांसदको नाम टुंगो लगाएको हो ।

जसमा सांसद बहादुरसिंह थापा र मेघराज खड्काको नाम टुंगो लागेको सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक प्रकाश बमले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार दिउँसो साढे ३ बजे शपथग्रहण हुनेछ । आज मुख्यमन्त्रीले शपथग्रहण गरेपछि मन्त्रीहरुको समेत शपथ हुने भएको हो ।

‘सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ । बहादुरसिंह थापा र मेघराज भण्डारी कांग्रेसबाट मन्त्री बन्न लागेका हुन्,’ उनले भने, ‘आजै साढे ३ बजे शपथग्रहण हुनेछ ।’

आइतबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए । उनको दल नेपाली कांग्रेससहित नेकपा एमाले लगायतका दलहरुको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । अन्य दलहरुले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?